Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमे गाउँपालिकाको अध्यक्षमा होमप्रकाश र उपाध्यक्षमा सबिना निर्वाचित

२०७९ जेठ ३
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वकाे भूमे गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले जित हाँसिल गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सबिना बुढा निर्वाचित हुनुभएको छ । उहाँहरु दुवै जना भारी मतका साथ विजयी हुनुभएको हो ।

अध्यक्षमा विजयी श्रेष्ठले तीन हजार ९७५ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा विजयी बुढाले तीन हजार ९५१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएका नेशनल मंगोल अर्गनाइजेसन पार्टीका रतनबहादुर बुढाले ५०३ मत प्राप्त गर्नुभएको छ ।

एमाले–कांग्रेस गाठबन्धनबाट उपाध्यक्ष पदका उम्मेदवार कमान सिहं डाँगी क्षेत्रीले एक हजार ३ सय ५५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्