Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीको सरकार प्रमुखमा पुष्प वादी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र इश्वरी शर्मा वि।एमले जित हाँसिल गर्नुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम बहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउनुभएको छ ।

उप प्रमुख इश्वरीले शर्मा वि।एमले सात हजार दुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टंक प्रसाद ओलीले पाँच हजार ७४४ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।

१४ वडा रहेको चौरजहारीमा ६,९ र १४ वडामा नेपाली काँग्रेसले जित हाँसिल गरेको छ भने बाँकि सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्