Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोट नगरपालिकामा माओवादीका रवि र धनकुमारी विजयी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले विजय हाँसिल गरेका छन । नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका रवि केसि र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबिसकोटले जानकारी दिएको छ ।

प्रमुखमा रविले ७ हजार ३७९मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।

उप प्रमुख धनकुमारी शाहीले ७ हजार २६५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।

१४ वडा रहेको आठ्बिसकोटका ४ वडा कांग्रेस–एमाले गठबन्धनले जित हाँसिल गरेको छ भने बाँकि सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्