बास नवलपुर

भोट दिएर जिताउनेलाई नै कारबाही गर्ने अधिकार छः वडाध्यक्ष कंडेल

नवलपुर १३ चैत ।

गैँडाकोट वडा नं ५ का वडाध्यक्ष नवराज कंडेलले आफुले अनियमितता वा भ्रष्टाचार गरे कारबाही गर्न सर्वसाधारण संग आग्रह गरेका छन् । बागेश्वरी अशल शासन क्लब बास नवलपुरले आज वडा नंबर ५ मा गरेको अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्ष नवराज कंडेलले भ्रस्टाचार र अनियमितता गरेको थाहा पाए सिधैँ आफुलाइ कारबाही गर्न सर्बसाधारण संग आग्रह गरेका हुन् ।

उनले आफू जनताको भोटले निर्वाचित भएको भन्दै गल्ती गरे कारबाही गर्ने अधिकार जनतालाइनै भएको बताए । सुशासनका लागि जनप्रतिनिधि र सरोकारवाला विच भएको अभिमुखिकरणमा अध्यक्ष कंडेलले वडामा आर्थिक सामाजिक, राजनितिक वा निर्धा्रित समयमा काम नहुने कुनै पनि किसिमको अनियमितता भएको पाए सुचनाको हक अनुसार सुचना माग गर्न र नियमानुसार कारबाही गराउन आग्रह गरे ।


कसैले टीका लगाएर आफू निर्वाचित नभएको भन्दै उनले जिताउने अधिकार भएका जनतालाई खबरदारी र कारबाहिको अधिकार भएको बताए
कार्यक्रममा बोल्दै नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले नगरभित्र अनियमितताबारे उजुरी वा गुनासो नआएको तर जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताईन । नगरमा बजेट बाँडफाड र बितरणमा सम्बन्धित क्षेत्रका बिज्ञ र सर्वसाधारणसंग समन्वय भैरहेको उनको भनाई छ ।

बास केन्द्रीय अध्यक्ष रमेश सिटौलाले प्रशिक्षण दिदैँ नगर र वडा क्षेत्रको बिकासका लागि प्रत्येक नागरिकले चासो दिनुपर्ने बताए । उनले वडा तहमा सामुहिक सल्लाह एकता र निर्णय सामुहिक हुन सके भ्रस्टाचार नियन्त्रण गर्न सकिने बताए ।

कार्यक्रममा अध्यक्ष सिटौला र केन्द्रिय उपाध्यक्ष लुना बुढाथोकीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्थानिय टोलबिकास संस्थाका प्रतिनिधिले वडाको बिकासमा आफुहरुको भुमिका रहेको बिषयमा प्रस्ट भएको बताए ।

कार्यक्रममा टोल बिकास संस्था संजालका अध्यक्ष पशुपती रिजालले जनप्रतिनिधिसंग आसा र अपेक्षा बढेको बताए । यस्तै संजालका उपाध्यक्ष बिष्णु प्रसाद सापकोटाले वडामा भएका समस्या निराकरण हुन नसकेकोमा ध्यानाकर्षण गराए ।

यस्तै मातृभुमी टोलबिकास संस्थाकी उपाध्यक्ष दुर्गा लामिछानेले वडाको काममा प्रशंसा र खबरदारी गर्ने जिम्मेवारी आफुहरुकै भएको बताईन् ।
बास नवलपुरकी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

उपाध्यक्ष बेदप्रसाद काफ्लेले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । बास नवलपुर अध्यक्ष पौडेलले सूचनाको हक प्रयोग गरेर सुचना मागेर नगर र वडा तहमा हुने भ्रस्टाचार रोक्न आग्रह गरिन् ।

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्