Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिम्लीमा भेटिएको शवको तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान सुरु

tribeni2

रूकुम पश्चिम / रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा फेला परेको एक पुरुषको शवको अनुसन्धानको लागी तालिम प्राप्त कुकुर आइपुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) बिष्णु प्रसाद सोतीले नेपाल प्रहरीको डग सेक्सन कोहोलपुरबाट तालिम प्राप्त कुकुर ल्याएर घटना स्थलमा अनुसन्धान सुरु भएको बताउनुभयो ।

सानीभेरी गाउँपालिका वडा नम्बर ७ फुक्रु निवासी ६२ बर्षिय धर्मजित खत्रिको शव सोमबार साझ वडा नम्बर ९ सिम्ली बजार नजिककैको खोलामा फेला परेको थियो।

खत्रीका परिवारले घटना छानविनका लागी तालिम प्राप्त कुकुर नल्याउँदा सम्म शव उठाउन नदिएपछि प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको हो ।
घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाइएको डिएसपी सोतीले बताउनुभयो ।

खत्री आइतबार बिहानदेखि परिवारबाट सम्पर्क बिहीन हुनुभएको थियो। खत्रीको मृत्यु किन र कसरी भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्