Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदाताको शिर झुक्ने काम गर्ने छैन : नगर प्रमुख पुष्प वादी

चौरजहारीमा विजय सभा सम्पन्न
tribeni2

रुकुम पश्चिम / चौरजहारी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पुष्प वादीले आफूलाई अमूल्य मत दिएर निर्वाचित गराउने मतदाताहरुको शिर झुक्न नदिने बताउनुभएको छ ।

बुधबार चौरजहारीमा आयोजित विजय सभामा बोल्नुहुँदै उहाँले जुन विश्वासका साथ जनताले जिताउनुभयो, त्यसलाई जोगाउन आफू लागिपर्ने जनाउनुभयो ।

आफूले चुनावी मैदानमा होमिदा जनताका माझ राखेका प्रतिबद्धता अनुसार आफूले काम गर्ने जनाउनुहुँदै नगर प्रमुख वादीले आफूलाई निर्वाचित गराउने नेकपा माओवादी केन्द्र पार्टीको निर्देशन र कार्य योजना अनुसार काम गर्ने उल्लेख गर्नुभयो ।

मतदाताहरुलाई धन्यबाद व्यक्त गर्नुहुँदै उहाँले नगरको विकासको क्रममा केहि समस्या आएमा जनताकै बिचमा गएर समस्या समाधान गर्ने प्रतिद्धता जनाउनुभयो ।

समृद्ध नगर र खुशि नगरवासीको लागि सबै पक्ष र तप्कासँग सहकार्य र समन्वय गरेर काम गर्ने समेत उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्