Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कैलाशले त्यागे माओवादी

२०७९ जेठ ५
tribeni2

रुकुम पूर्व / नेकपा माओवादी केन्द्रका नेता गजेन्द्रबहादुर ओली (कैलाश) ले पार्टी त्याग गरेको बताउनुभएको छ । माओवादी पार्टीको लुम्बिनी प्रदेश समिति सदस्य गजेन्द्र बहादुर ओलीले पार्टीबाट राजीनामा दिनुभएको हो ।

बुधबार एक विज्ञप्ती जारी गर्दै ओलीले आफु पार्टीको साधारण सदस्यको समेत जिम्मेवारीमा नरहने गरी राजीनामा दिएको बताउनुभएको छ ।

पार्टीभित्र देखा परेको गुट र अराजकताले गर्दा महान जनयुद्धको र ऐतिहासिक जनआन्दोलनबाट संविधान सभाबाट बनेको, नयाँ संविधानमा उल्लेख भएका संघियता, गणतन्त्र, समानुपालतक समावेशिता, धर्म निरपेक्षता, सामाजिक न्याय जस्ता उपलब्धीहरुको रक्षा र सँस्थागत विकास हुन नसकेको भन्दै उहाँले राजीनामा दिएको जनाउनुभएको छ ।

नेकपा माओवादीको केन्द्र जिल्ला समन्वय समीति रुकुम पूर्वका जिल्ला संयोजकलाई सम्बोधन गर्दै उहाँले माओवादीको केन्द्रको पार्टी सदस्य समेत नरहने गरि सवै जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

ओली जिल्ला समन्वय समिती रुकुम पूर्वका प्रमुख समेत हुनुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्