Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १४ को मतगणना सुरु, ४४ मत पूर्ण बदर

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ को मतगणना सुरु भएको छ । १४ नम्बर वडाको मतगणनाको तयारी चल्दै गर्दै मतपत्रमा विभिन्न तरिकाले संकेत गरेको पाईएपछि विवाद सृजना भएसगैं मत गणना रोकिएको थियो ।

संकेत गरिएका ४४ मत पूर्ण रुपमा बदर गर्ने निर्णय सर्वदलिय बैठकले गरेपछि आठ घण्टा पछि मात्रै मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिनुभयो ।

त्यहाँ मतपत्र संगै कागजका टुक्राहरु भेटिएको बताईएको छ । १४ नम्बर वडा मत गणना गर्न बाँकी नगरपालिकाको अन्तिम वडा हो ।

नगरपालिकामा रहेका कुल १४ वडा मध्यमा १३ वटा वडाको मत गणना सकिदा सम्म प्रमुखमा नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्मा र उप प्रमुखमा नेकपामा एकीकृत समाजवादीका विमलकुमार पुनले अग्रता लिनुभएको छ ।

वडा नम्बर १ देखि नै प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उप प्रमुखमा नेकपा एमालेका थलविर ओलीसंग पछाडि परेका शर्मा र पुनले वडा नम्बर १२ देखि अग्रता लिनुभएको हो । अहिले प्रमुखमा शर्मा केसी भन्दा १ सय ८० र उप प्रमुखमा पुन ओली भन्दा ३ सय ६४ मतले अगाडी देखिनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्