Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पदभार ग्रहण पछि सिस्ने गाउँपालिकामा पहिलो बैठक

२०७९ जेठ ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण पछि पहिलो बैठक बसेको छ । बैठकले गाउँपालिकाको विकासका लागी केहि निर्णय समेत गरेको नवनिर्वाचित अध्यक्ष कृष्ण रेग्मी ले बताउनुभयो ।

उहाँका अनुसार शिक्षाको व्यवस्थापन गर्न आधारभूत एवम् प्राथमिक स्वास्थ्यलाई भरपर्दो र गुणस्तरीय सेवाका लागि पहल गर्ने निर्णय भएको छ ।

यस्तै गाउँपालिका भित्र बित्तिय संकलनको लागि स्रोत पहिचान गर्न विज्ञ समिति गठन गर्ने, सहकारी परिचालन र व्यवस्थापनको लागि सहकारी विभाग क्रियाशिल बनाउने र लघु वित्तहरुलाई सिस्ने सरकारको ऐन तथा नियममा बाध्ने पनि बैठकले निर्णय गरेको छ ।

यसैगरि एकीकृत ग्रामीण ओद्यौगिकरणको लागि जग्गा प्राप्ती प्रक्रियालाई अघि बढाउने, एक घर एक धारा खानेपानी आयोजनालाई पूर्णता दिने र यम्बुलेन्सको भाडा समायोजन गर्ने, सुशासन तथा द्रुत सेवा प्रवाहको लागि जनप्रतीनिधिसहितको सहायता कक्ष सुरु गर्ने, सहायता कक्षमा गाउँपालिकामा कार्यपालिका सदस्य र वडामा वडा सदस्यलाई आलोपालो गरेर अनिवार्य रुपमा बस्ने व्यवस्था मिलाउने जस्ता निर्णय भएका छन ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्