Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

पदभारसँगै चार निर्णय
२०७९ जेठ ६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा रहेका ६ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित तीन नगरपालिका प्रमुख र तीन गाउँपालिका प्रमुखले सपथ ग्रहण गर्नुभएको हो ।

जिल्ला न्यायधीस विद्याराज पौडेलले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले सपथ लिनुभएको हो ।

त्यसैगरी सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्ट, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा र त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीले जिल्ला न्यायधीस पौडेल समक्ष सपथ लिनुभएको छ ।

सपथ ग्रहण पश्चात सामुहिक तस्बिरमा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसी

नगरप्रमुखले सपथ ग्रहण गरेपछि उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यको सपथ ग्रहण हुने छ । त्यसैगरी गाउँपालिका अध्यक्षले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यविधि छ । नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षले फरक फरक समयमा जिल्ला अदालत रुकुममा सपथ लिनुभएको हो ।

पदभार लगत्तै चार निर्णय

पदभारको क्रममा निर्णयमा हस्ताक्षर गर्नुहुँदै सानीभेरी गाउँपापलिका अध्यक्ष बिष्ट 

सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले सपथ पछि गाउँपालिकाका महत्वपूर्ण चारओटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । चार वटा निर्णयमा हस्ताक्षर गरी अध्यक्ष विष्टले बिहिबार पदभार ग्रहण गर्नुभएको छ ।

हाँले गाउँपालिका गरीब, दलित, असहाय, द्वन्द्वपीडित, विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षामा छात्रबृत्ति प्रदान गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

त्यसैगरी हरेक वडामा सहकारी सस्तो पसल सञ्चालन गर्ने र दैनिक उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउने निर्णय विष्टले गराउनुभएको छ । दुई वर्षभित्र सानीभेरी गाउँपालिकाका सबै खरका छाना भएका घर खरका छानामुक्त बनाइने र गाउँपालिकामा रहेको विपन्न नागरिकको स्वास्थ्य बीमा गाउँपालिकाले नै निःशुल्क गरिदिने निर्णय अध्यक्ष विष्टले गराउनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्