Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा असाहय व्यक्ति, शहिद र बादी परिवारको स्वास्थ्य बीमा निशुल्क

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले असाहय, अशक्त, शहिद परिवार र वादि समुदायका नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।

नगर प्रमुखमा निर्वाचित भएपछि पदभार ग्रहण गर्ने क्रममा प्रमुख पुष्प बादीले उक्त निर्णयको फायल सदर गर्नुभएको हो ।

पदभार ग्रहणको अवसरमा प्रमुख बादीले मुख्य तीन ओटा निर्णय गरेको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा असाध्यै प्रभावकारी रहेको भन्दै बीमाको पहुँचमा पुग्न नसकेका नगर क्षेत्रका सबै नागरिकको अवस्था हेरेर स्थानीय सरकारले निशुल्क बीमा गरिदिने बताउनुभयो ।

नगर प्रमुखमा पदभार गरेको दिनमै दिनमै उहाँले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी नगरपालिका ६ मा आगलागीमा परेर निधन भएकी १९ दिनको नवजात शिशु सुशिला रोकायको परिवारलाई १० हजार आर्थिक सहयोग प्रदान गर्न फाइल सदर गरेको नगर प्रमुख बादीले जनाउनुभयो ।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्