Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साँखखोला लघु जलविद्युत उपभोक्ता समितिको साधारण सभा सम्पन्न

विष्णु कुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका ४ मा रहेको साँखखोला तेस्रो लघु जलविधुत उपभोक्ता समितिको साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाबाट विष्णु कुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपााध्यक्षमा शिशिरकुमार मल्ल, सचिवमा बिमल शर्मा र कोषाध्यक्षमा चम्फा खड्का देवकोटा चयन हुनुभएको छ ।

समितिका निवर्तमान कोषाध्यक्ष लोकबहादुुर खत्रीमा अनुसार समितिको सदस्यहरुमा प्रकाश ओली, मोहन पुन, टेकबहादुर बिक, सुनिता सन्यासी, शंकर शर्मा, डिल्लीबहादुर पुन, भारती बिक, बसन्त खड्का, जयबहादुर खड्का, कृष्ण ओली, दिपेन्द्र खड्का र मोहन हमाल चयन हुनुभएको छ ।

साधारण सभामा आर्थिक वर्ष ०७७,०७८ को आय तर्फ ३४ लाख ६२ हजार ६२९ र व्ययतर्फ १२ लाख २५ हजार २३१ रकमको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । वक्यौतामा १३ लाख २५ हजार ५६२ र मर्मत सम्भार कोषमा ११ लाख लगानी गरिएको जनाईएको छ । समितिको बैक मौज्दात नौ लाख ३३ हजार २६७ रहेको निवर्तमान कोषाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष जगतबहादुर खड्काको अध्यक्षता भएको साधारण सभामा ४ नम्वर वडाका वडा सदस्य लिला खड्का र सदस्य धनबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।

२०६९ मा निर्माण शुरू भएर २०७० मा निर्माण सम्पन्न भएको यो लघु जलविधुत आयोजनाको उत्पादन क्षमता ६० किलोवाट रहेको छ मुसिकोट ४ सोलावाङ बस्ती सहित करिब ५५० उपभोक्ताहरुले यस लघु जलबिद्युत आयोजनबाट लाभ लिने गरेको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्