Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने र भूमेका कार्यपालिका सदस्यहरु निर्विरोध, पुथामा दलित तथा अल्पसंख्यक कोटामा तीन जनाको मनोनयन दर्ता

२०७९ जेठ ८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध भएका छन् । सिस्ने गाउँपालिकामा चार जना महिला सदस्य र दुइ जना दलित तथा अल्पसंख्यकबाट निर्विरोध भएका हुन् ।

गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्यहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटका अनुसार सिस्ने गाउँ कार्यपालिका सदस्य पदको लागि महिलामा तीर्था पुन, धनकुमारी बुढा खत्री, मिना केसी र सपुरी बुढा हुनुहुन्छ । दलित तथा अल्पसंख्यकबाट सुर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

दलित तथा अल्पसंख्यकमा रन्जित सेनको पनि मनोनयन दर्ता भएको थियो । उहाँको मनोनयन दर्ता भने खारेज भएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । उहाँकाअनुसार रन्जित सेनको नामावलीमा रन्जित दमाई छ । नागरिकतामा सेन छ । दलले दिएको पपत्रमा सेन (दमाई) छ । पालिकाले दिएको पत्रमा पनि सेन नै छ । सेन भन्ने थर दलित थरको अनुसूचिमा नभएको कारण उहाँको मनोनयन दर्ता खारेज भएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभएको छ ।

जिल्लाको भूमे गाउँपालिकामा पनि गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध निर्वाचित हुनुभएको छ । गाउँ कार्यपालिका सदस्यको लागि महिलामा सुनकुमारी रोका, भिमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध हुनुभएको छ ।

यस्तै दलित तथा अल्पसंख्यकमा भागिलाल दमाई र चेतबहादुर कामी निर्विरोध हुनुभएको हो । आज गाउँ कार्यपालिका सदस्य पदको लागि मनोनय ६ जनाले मात्र मनोनयन दर्ता गराउनुभएको थियो । उहाँँअरु सबै नेकपा माओवादी केन्द्रबाट रहेको सहायक निर्वाचन अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनु भयो ।

त्यस्तै पुथाउत्तरगंगा गाउँपालिकामा पनि चार जना महिला सदस्य गाउँ कार्यपालिका सदस्य पदमा निर्विरोध हुनुभएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध हुनुभएको निर्वाचन अधिकृत नारायण चापाँगाइले जानकारी दिनुभयो । निर्विरोध निर्वाचित सबै नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर आउनुभएको हो ।

दलित तथा अल्पसंख्यकबाट भने ८ जनाको मनोनय दर्ता भएको थियो । पाँच जनाले नाम फिर्ता लिएका छन् भने दुई सदस्यको लागि तीन जना बिच प्रतिस्पर्धा हुने भएको छ । मनोनयन फिर्ता लिनेहरुमा ममता कामी, डोरबहादुर छन्त्याल, टेकप्रसाद समाल, तपलाल कामी र नामेन्द्र सुनार रहनुभएको निर्वाचन अधिकारी चापाँगाइले बताउनुभयो । अब माओवादी केन्द्रबाट निर्वाचित भई आएका जानु छन्त्याल, हर्कबहादुर कामी र स्वतन्त्रबाट राजकुमार सुनारको मनोनयन दर्ता भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्