Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कार तथा यौनजन्य हिंसाका विरुद्ध रुकुममा आन्दोलन

मुसिकोटमा किशोरीहरुले निकाले मौन र्‍याली
२०७९ जेठ १०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा बलात्कार तथा यौनजन्य हिंसाका विरुद्ध मौन र्‍याली  निकालिएकाे छ । मंगलबार जिल्ला सदरमुकाम मुसिकाेटकाे खलंगामा स्वतन्त्र रुपमा जिल्लाका किशोरीहरुले बलात्कार तथा यौनजन्य हिंसाका विरुद्ध प्रदर्शन गरेका हुन् ।

सौन्दर्य प्रतियोगितामा आठ वर्ष अघि बलात्कृत भएकि सुस्मिता रेग्मीलाई न्यायको माग गर्दै स्वतस्फूर्त रुपमा सांकेतिक आन्दोलन गरिएको बाँफिकोट ६ की समकृती पुनले बताउनुभयो । सुस्मिता जस्ता हिंसामा परेका सयौले न्याय पाउनुपर्नेमा आवाज उठाईएको समेत उहाँले जनाउनुभयो ।

मौन आन्दोलनमा सरिक मुसिकोट नगरपालिका २ की खिमला पुनले बलात्कार र यौन हिंसामा परेका तमाम् पीडितहरुले आफू माथीको नघन्य अपराध लुकाएर बस्न बाध्य भएको बताउनुभयो । उहाँले बलात्कार, यौन हिंसाको सवालमा कडा कानून बनेर कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

एक घण्टे मौन र्‍यालीको समापन कार्यक्रममा बाँफिकोट गाउँपालिका ९ की भावना शर्माले बलात्कार तथा यौनजन्य हिंसाका विरुद्ध सांकेतिक रुपमा रुकुमका किशोरीहरु सडकमा आएको बताउनुभयो । उहाँले प्रहरीको रेकर्डमा मात्रै पछिल्लो पाँच बर्षमा आठ हजार महिला बलात्कृत हुनु परेको उल्लेख गर्नुहुदै यस्तो जघन्य अपराध बिरुद्ध सशक्त कानून बन्नुपर्ने र कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

किशोरीहरुले बलात्कार जघन्य अपराध हो, बलात्कार र अन्य यौनजन्य हिंसा सम्बन्धि कानुनमा हदम्यादको व्यवस्था हटाउ, महिलाको शरीरको वस्तुकरण बन्द गर, यौनहिंसा बन्द गर लगायतका नारा अंकित नारा बोकेर आन्दोलन गरेका हुन् । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटको मुख्य बजार खलंगालाई परिक्रमा गरेका हुन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्