Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा स्वास्थ्यको सवालमा अन्तरक्रिया

२०७९ जेठ १०
tribeni2

रुकुम पूर्व / रुकुम पुर्वमा स्वास्थ्यसँगका सरोकारवाला निकायहरुसङ्ग बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्लाको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा स्वास्थ्यसँग सरोकार राख्ने जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

सर्वाङ्गिन विकास केन्द्र रुकुम पुर्वको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपालको सहयोग उक्त कार्यक्रम गरिएको हो । स्वास्थ्य क्षेत्रसङ्ग सम्बन्धित विभिन्न कार्यक्रमलाई सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहकार्य अगाडि बढाई प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको सर्बाङ्गिन विकास केन्द्र रुकुम पुर्वका कार्यकारी निर्देशक लीलामणि गौतमले जानकारी गराउनुभयो ।

कार्यक्रममा फेयरमेडका गणेश बेडुवालले फेयरमेडले गर्ने काम तथा यसको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो । बेडुवालले दुर्गम र पिछडिएको क्षेत्रबाट कार्यक्रम सुरु गर्ने यस संस्थाले रुकुम पुर्वमा पनि सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसङ्ग सहकार्य गरि काम गर्ने बताउनुभयो ।

जिल्लामा सन्चालनमा ल्याइएका तथा ल्याउन सकिने बर्थिङ सेन्टर तथा गाउघर क्लिनिक स्थापना तथा मर्मत, स्वास्थ्य क्षेत्रमा चाहिने विभिन्न सामाग्रीहरु प्रदानमा सहयोग गर्ने उहाँको भनाई छ ।

यसैबिच कार्यक्रममा सहभागीहरुले स्वास्थ्यका क्षेत्रमा देखिएको विभिन्न समस्याहरु दर्शाउदै फेयरमेडसङ्ग सहकार्य गरि ती समस्याहरुलाई निराकरण गर्ने बताएका छन । जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर वलिको प्रमुख आतिथ्यता रहेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरी, जिल्ला समन्वय अधिकारी रबिन्द्र बुढा, युएनएफपिए का जिल्ला संयोजक भुवन सेजुवाल, जिल्लाका ३ वटै पालिकाका स्वास्थ्य शाखा संयोजक तथा सह संयोजक लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

फेयर मेडका दान बहादुर कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सर्वाङ्गिन बिकास केन्द्र रुकुम पुर्वका कार्यकारी निर्देशक लीलामणि गौतमले गर्नुभएको थियो ।।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्