Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटका नगर प्रमुख केसीद्वारा पदभार ग्रहण

tribeni2

रुकुम पश्चिम / जिल्लाको आठबिसकोट नगरपालिकाका नवनिर्वाचित प्रमुख रवि केसीले मंगलबार पदभार ग्रहण गर्नुभएको छ । नगर प्रमुख केसीले पदभार ग्रहणसँगै महत्वपूर्ण दुई वटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

उहाँले समृद्ध नगरपालिका निर्माण गर्नको लागि अति विपन्न, गरीब तथा असाहय नागरिकको आर्थिक अवस्था सुधारको लागि कृषि तथा पशुपालन क्षेत्रमा रहेको निर्वाहमुखी प्रणालीलाई निर्यातमुखी बनाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

कृषि उत्पादनमा बृद्धि र कृषि उपजको प्रशोधन तथा बजारीकरणमा लगानी बृद्धि गर्ने निर्णय सँगै दुध, फलफुल, मसला, तथा मासुजन्य उत्पादन तथा निर्यातलाई प्रवद्र्धन गरेर ग्रामिण अर्थतन्त्रको सवलीकरणमा जोड दिने गरी उहाँले निर्णय गरेको जनाउनुभयो ।

त्यसैगरी जनयुद्ध, जन आन्दोलन, विभिन्न राजनीतिक आन्दोलनका सहिद परिवार, घाइते तथा अपाङ्गहरुको लागि निशुल्क स्वास्थ्य बीमा गरिदिने समेत निर्णय गरिएको छ । पदभार ग्रहणको अवसरमा उहाँले समृद्ध नगरपालिकाको लागि जनताको चाहना र माग अनुसारको कार्यक्रम ल्याउने बताउनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्