Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राज्यबाट पाउने आर्थिक सुविधा नलिने वडा अध्यक्ष शर्माको घोषणा

असहाय, अशक्त, घाईते, गरिव र शहिद परिवारकालाई निशुल्क सिफारिसको व्यवस्था गर्ने
tribeni2

रुकुम पश्चिम / चौरजहारी नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष श्रीकृष्ण शर्माले राज्यबाट आफूले पाउने पारिश्रमिक लगायत कुनै पनि सेवा, सुविधा नलिने घोषणा गर्नुभएको छ ।

मंगलबार पदभार ग्रहणको अवसरमा वडा अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो । जनप्रतिनिधिहरु जनताको सेवक भएको प्रमाणित गर्न आफूले यस्ता सेवासुविधा नलिने बताउनु निर्णय गरेको बताउनुभयो ।

राजनीतिलाई सेवाको रुपमा विकास गरेर जनता माझ आफु सेवक भएको प्रमाणित गर्न आफू लागिपर्ने उहाँले जनाउनुभयो । जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै उहाँले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । समृद्धि र विकासको लागि आफु केन्द्रित रहने बताउनु हुदै वडा अध्यक्ष शर्माले मतदाताको सपना पुरा गर्ने प्रतिबद्दता जनाउनुभयो ।

पदभार प्रहणको अवसरमा उहाँले असहाय, अशक्त, घाईते, गरिव र शहिद परिवारकालाई निशुल्क सिफारिसमा उपलब्ध गराउने निर्णय समेत गर्नुभएको । वडा अध्यक्ष शर्मा माओवादी केन्द्र चौरजहारीको अध्यक्ष पनि हुनुहुन्छ ।

जनयुद्धको क्रममा उहाँका एक दाजु र एक बहिनीले सहादत प्राप्त गर्नुभएको थियो । शर्मा सरल, लगनशिल, निश्वार्थ, असल राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्