Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नवनिर्वाचित मेयरको सात दिने अल्टिमेटम : 'शिक्षक र कर्मचारीले दलीय आवद्धताबाट राजीनामा दिनु'

tribeni2

बर्दियाको राजापुर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपेश थारुले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन आग्रह गर्नुभएको छ ।

नगर प्रमुख थारुले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई यस्तो जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण कार्यालयमा पेश गर्न भन्दै मंगलबार सबै विद्यालयलाई पत्राचार गर्नुभएको छ ।

उक्त पत्रमा शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ (ङ)को उपदफा ५ को ६ मा उल्लेखित व्यवस्था उल्लंघन गरी कुनै दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने आचारणमा नपर्न सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्