Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
किसानका पीर

पकेट क्षेत्रको आलु खेतीमा फौजी किराले क्षति, किसानहरु चिन्तित

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिका ८ मा लगाईएको आलु खेतीमा फौजी किराको क्षति गरेको छ । दाना लाग्ने बेला भएको आलु खेती सुक्दै जाँदा किसानहरु चिन्तित बनेका छन् ।

फौजी किराको आक्रमणबाट त्यसक्षेत्रमा लगाईएको बर्षे आलु खेतीमा क्षति पुगेको वडा सदस्य हिमकुमार पाण्डेले जानकारी दिनुभयो । आलु उत्पादनका लागि उत्कृष्ट मानिएको उक्त क्षेत्रलाई सरकारले आलु पकेट क्षेत्र निर्धारण समेत निर्धारण गरेको छ । वडा सदस्य पाण्डेका अनुसार आलु पकेट क्षेत्रको लसुनबारी, पाखापानी, झिम्मा, क्वाम्मा, घोरखानी, काप्रीबास लगायतका टोलहरुमा लगाईएको आलुमा क्षति पुगेको छ ।

स्थानीय भिमबहादुर बुढाले फौजी किराले दाना लाग्ने बेला भएका आलुमा क्षति पु¥याएको बताउनुभयो । आलुको पात र डाँठमा आक्रमण गरेर बोट सुक्दै गएको उहाँले बताउनुभयो । ठुलो मात्रामा लगाइएको आलु खेती दाना लाग्ने बेलामा सुक्दै गएपछि किसानहरु चिन्तित बनेको बुढाले जानकारी दिनुभयो ।

आलु खेती गरिरहेका किसान दिलबहादुर गिरीले किराले आलु बालीमा किराले आक्रमण गरेको कुरा सुरुमै थाहा नपाएको बताउनुभयो । थाहा भएपछि विषादी ल्याएर किरा नियन्त्रण गर्न खोज्दा पनि नियन्त्रण गर्न नसकिएको गिरीले जनाउनुभयो । आफ्नो मुख्य पेशा नै आफु खेती भएको र यो बर्षको खेती किराले नष्ट गरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जिल्लाको मुसीकोट नगरपालिकाले आलुको उत्पादन क्षेत्र भएकोले किसानहरुलाई अनुदान दिएर सहयोग गरेको थियो । नगरपालिकाका कृषि शाखा प्रमुख प्रेमबहादुर खत्रीले त्यस क्षेत्रको करिब १० हजार हेक्टर जमिनमा आलु खेती गरिएको जानकारी दिनुभयो । फौजी किराले गरेको क्षतिबारे किसानले नगरपालिकामा जानकारी नगराएको समेत उहाँले बताउनुभयो ।

आलु पकेट क्षेत्र सरकारले नै निर्धारण गरेको हुनाले किसानलाई आलुको बीउ, सिँचाई लगायतका कुरामा नगरपालिकाले अनुदान दिने गरेको छ । नगरपालिकाले यस पटक बर्षे आलु खेतीको लागि दुई लाख ५० हजार मुल्यको आलुको बीउ किसानलाई वितरण गरेको शाखा प्रमुख खत्रीले बताउनुभयो ।

पाँच हजार ५०० आलुको बीउ दाना किसानलाई वितरण गरेको जानकारी दिनुहुँदै खत्रीले दाना लाग्ने बेलाको आलु खेतीमा त्यसरी क्षति हुनु चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । उहाँले किसानहरुसँग तत्कालै सम्पर्क गरेर आवश्यक पहल चाल्ने समेत बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्