Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको शपथ दुई चरणमा, दोश्रो चरणमा ४० जना जनप्रतिनिधिको शपथ ग्रहण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको शपथ ग्रहण कार्यक्रम दुई चरणमा भएको छ ।

गत सोमबार नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट उम्मेदवार भई विजयी भएका जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका थिए भने आज बुधबार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् ।

पहिलो चरणको शपथ ग्रहण कार्यक्रममा सहभागी नभएका उप प्रमुख सहितका वडा अध्यक्ष र सदस्यहरुहरुले आज सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई नगर प्रमुख महेन्द्र केसीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

नगर प्रमुख महेन्द्र केसीबाट नगर उप प्रमुख आठ जना वडा अध्यक्ष र वडा सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । उप प्रमुख विमलकुमार पुन सहित वडा नम्बर ४, ६, ७, ९, १०, ११, १२ र १३ नम्बर वडाका अध्यक्ष तथा सदस्यहरुले सपथ लिएका हन् ।

मतगणनामा धाँधली भएको भन्दै निर्वाचन परिणामप्रति असन्तुष्टि जनाएका माओवादी र समाजवादीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरुले शपथ ग्रहणमा सहभागी नहुने बताएका थिए । आज ४० जना जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

आजै उप प्रमुख बिमल कुमार पुनले पदभार ग्रहण गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्