Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

झुल्नेटामा खुल्यो सेञ्चुरी बैंक

त्रिवेणी गाउँपालिका सरकारले बैंकसँग सहकार्य गरेर काम गर्ने
tribeni2
  • गोपाल ओली

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ३ झुल्नेटा बजारमा सेञ्चुरी बैंकले आफ्नो शाखा बिस्तार गरेको छ ।

बुधबार एक औपचारिक कार्यक्रमका त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश के सीले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष केसीले त्रिवेणी गाउँपालिका सरकारले बैंकसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो । उहाँले जनताको सहज सेवाको लागि बैंकले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सेञ्चुरी बैकका कर्णाली प्रदेश प्रमुख धर्मराज श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, गाउँपालिका प्रमुख प्रशासनिक अधिकृत प्रेम घर्ति, वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र कुमार ओली लगायतका जनप्रतिनिधिहरु, व्यापारी, बुद्धिजीवि तथा स्थानीयको सहभागिता रहेको थियो । श्रेष्ठले झुल्नेटामा १४१ औ शाखाको रुपमा सेञ्चुरी बैंकको कार्यालय उद्घाटन गरिको बताउनुभयो ।

कार्यक्रममा सहभागिहरुलाई शाखा प्रबन्धक संगम केसीले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्