Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुर्वमन्त्री शाहलाई जन्मकैद

धनुषा १५ चैत ।
tribeni2

५ जनाको ज्यान जानेगरी ६ वर्ष अघि जनकपुरमा भएको बम विष्फोट काण्डका मुख्य योजनाकाकार पूर्वमन्त्री संजय कुमार साह (टक्ला) लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जनकपुर रामानन्दचोकमा भएको बम विष्फोटमा दोषि ठहर गर्दै साहलाई जिल्ला अदालत धनुषाले बिहिबार जन्मकैदको फैसला सुनाएको हो । अदालतले ’टक्ला’ सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेश कुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा लाई पनि जन्मकैद सुनाएको छ ।

२०६९ साल वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्दचोकमा धर्ना दिईरहेको बेला भएको विस्फोटमा जनकपुरधाममा पाँच जनाको मृत्यु भएको थियो भने १८ जना घाईते भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  ०७:०३
प्रतिक्रिया दिनुहोस्