Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिसस गठनका लागी माओवादी केन्द्रलाई स्पष्ट बहुमत

२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा जिल्ला समन्वय समिती गठन गर्न नेकपा माओवादी केन्द्रलाई स्पष्ट बहुमत जुटेको छ ।

कुल ६ स्थानीय तह रहेको रुकुम पश्चिममा पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरि १२ मतभार रहेको छ । जसमध्य यसपटक माओवादी केन्द्र एक्लैले बहुमत पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष जितेर पहिलो दल बनेको छ ।

दोस्रो दल बनेको नेपाली कांग्रेसले एक नगरपालिका प्रमुख र एक गाउँपालिका अध्यक्ष मात्रै जितेको छ । नेकपा एकिकृत समाजवादीले एक नगरपालिका उपप्रमुख जितेको छ ।

जिल्लामा समाजवादीको समर्थन माओवादी केन्द्रलाई नै भएकाले माओवादी केन्द्रसँग अहिले कुल मतभार मध्य १० मतभार रहेको छ । जिसस गठन गर्न सात मत चाहिने भएपनि माओवादी संग १० मतभार छ ।

यसअघि २०७४ सालको निर्वाचन जिल्लाका सवै पालिका जितेको माओवादी केन्द्रले एक्लै समन्वय समिती गठन गरेको थियो ।

यो स्थानीय तहको निर्वाचनमा चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकाको प्रमुख र उपप्रमुख, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र बाँफीकोट गाउँपालिकाको उपाध्यक्ष गरि माओवादी केन्द्रका नौ उम्मेदवार विजयी भएका छन् ।

यस्तै मुसीकोट नगरपालिकाको प्रमुख र बाँफीकोट गाउँपालिकाको अध्यक्षमा गरी नेपाली कांग्रेसले दुई पदमा विजयी हाँसिल गरेको छ । मुसीकोट नगरपालिकाको उपप्रमुख जितेको एकिकृत समाजवादीसँग एक मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्