Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

४० वर्षसम्म बिहे नगरेकी महिलालाई सामाजिक सुरक्षा भत्ता दिईने

'मतदाताको ॠण तिरेर देखाउँछु'
२०७९ जेठ १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले ४० बर्षसम्म बिहे नगरेकी महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेटमा उक्त व्यवस्था गरेर कार्यान्वयन गर्ने गाउँपालिकाले जनाएको छ ।

४० बर्षसम्म बिहे नगरेर बसेकी महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था सहितको योजना तथा बजेट ल्याउन लागेको गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले बताउनुभयो । उहाँले बिहिबार गाउँपालिका १० का मतदाताहरुलाई धन्यवाद तथा चुनावी समिक्षा कार्यक्रमका बोल्दै उक्त कुराको जानकारी दिनुभएको हो ।

नेपालमा महिलाहरु हेप्पिएको र पछाडि परेको मात्रै नभई बनाएको कानुन समेत लुकाउने छिपाउने प्रवृति रहेको उहाँले उल्लेख गर्नुभयो । आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था हुँदाहुँदै पनि कानुन कार्यान्वयनमा अनेक झमेला निम्तयाईएको उहाँले गुनासो समेत गर्नुभयो ।

उहाँले कानुनको पुर्ण पालना गर्दै महिला पहिला कार्यक्रम, आयआर्जन, चेतनाबृद्धि लगायतका योजना प्राथमिकतामा रहने बताउनुभयो । मतदाताहरुप्रति आफु ऋणि रहेको भन्दै क्षमता र बुद्धिले भ्याएसम्म ॠण तिरेर देखाउने उपाध्यक्ष रोकाले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्