Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा अझै सुरु भएन पढाई

पढाईमा चुनाव र कोरोनाको असर, पाठ्पुस्तकको अभाव
२०७९ जेठ १२
tribeni2

रुकुम पूर्व / नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बित्दा पनि रुकुम पुर्वका बिद्यालयहरुमा अझै पनि पठनपाठन सुरु हुन सकेको छैन । जिल्लाका अधिकांश विद्यालयहरुमा पढाइ सुरु नभएको हो ।

बैशाख २ गते देखि भर्ना अभियान सुरु भएर बैशाख १५ बाट नै धमाधम रुपमा पढाई हुनुपर्नेमा यसपालिको शैक्षिक सत्रमा हालसम्म पनि पढाई सुरु हुन नसकेको बताईएको छ । शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षा कोरोना भाइरसका कारण बैशाखमा भएका कारण र स्थानीय तहको चुनावको प्रभावका कारणले पनि समयमै पढाइ हुन नसकेको महेन्द्र माध्यमिक बिद्यालय तकसेराका प्रधानाध्यापक खिम बहादुर बुढाक्षेत्रीले बताउँनुभयो । सरकारले जेठको पहिलो साताबाट नै पढाइ सुरु गर्ने भनेता पनि अझै भर्ना अभियान नै नसकिएको उहाँले बताउनुभयो ।

जिल्लाकै पुरानो तथा नमुना बिद्यालय रुक्मिणी माध्यमिक विद्यालयमा पनि पुर्ण रुपमा सन्चालन नभएको बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले बताउनुभयो । अहिले विभिन्न कक्षामा पाठ्यक्रम परिवर्तन गरिएको र समयमै पाठ्यपुस्तक बिद्यालयमा उपलब्ध नभएका कारण पुर्ण रुपमा पठनपाठन हुन नसकेको उहाँको भनाई छ । विद्यार्थीहरु पाढाईका लागि बिद्यालय आउछन् तर पठ्यपुस्तक नआएको कारण अन्य प्रयोगात्मक कुराहरु मात्रै सिकाउने गरेको मल्लले उल्लेख गर्नुभयो ।

गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीको संख्या पनि कम हुने अनुमान रुकुम पुर्वका बिद्यालयहरुले गरेका छन । कोरोनाका कारण गत वर्ष बाहिर जान नपाएका विद्यार्थीहरु गाउँकै बिद्यालयमा भर्ना भएका थिए तर यसपालि भने बाहिरबाट आउनु त परको कुरा हो बिद्यालयकै विद्यार्थीहरु पनि भर्ना हुन नआएको महेन्द्र मावि तकसेराका प्रधानाध्यापक बुढाक्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्