Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदाताको साँवा र व्याज तिर्ने गरि काम गर्छौं

२०७९ वैशाख १३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर विष्टले युवाहरुलाई आर्थिक क्रान्तिमा लाग्न आग्रह गर्नुभएको छ ।

उहाँले बिहीबार सानीभेरी गाउँपालिका १० को मतदाताहरुलाई धन्यवाद तथा चुनावी समीक्षा कार्यक्रममा युवाहरुले यो महत्वपूर्ण समयलाई खेर नफाल्न अनुरोध गर्नुभयो । बेरोजगार छौ, सरकारले कुनै काम लगाएन भनेर बस्नुभन्दा पनि आफुहरु कृषि , पशु तथा अन्य व्यवसाय गरेर कृषि क्रान्ति सँगसँगै आर्थिक क्रान्ति गर्ने तर्फ युवाहरुले सोच्ने बेला आएको पनि विष्टले उल्लेख गर्नुभयो ।

'मतदाताहरुले मत दिएर ऋणि बनाउनु भएको छ, ऋण तिर्न अप्ठ्यारो छ  । तरपनि सबै मिलेर जाँदा हामी ऋण साँवासँग ब्याज दिन तयार हुनेछौँ, यसका लागी तपाइहरुले सहयोग गर्नुपर्छ'- उहाँले भन्नुभयो ।

अध्यक्ष बिष्टले शिक्षा क्षेत्रलाई प्रविधि युक्त बनाउने भन्दै भौतिक संरचना निर्माण र गुणस्तरिय शिक्षाको लागी आफ्नो कार्यकालमा भरपुर कोशिस गर्ने र सम्झनलायक बनाउने प्रतिवद्वता समेत व्यक्त गर्नुभएको छ ।

चुनावी अभियानमा गरेका बाचा, घोषणा पत्रमा लेखिएका योजना र जनताको आवश्यकताको आधारमा 'समृद्ध सानीभेरी गाउँपालिका, सुखी सानीभेरीवासी' बनाउने आफ्नो लक्ष्य रहेको समेत जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्