Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यात्रुले गियर चलाएपछि सल्यानमा बस दुर्घटना, ६ जना घाइते

tribeni2

सल्यान / शुक्रबार सल्यानको बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिल कुमारी खड्का रहेका छन् ।

घाइतेहरूको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस ओरालोमा भएको र बस चालकले बस रोकी साइड हेर्न झरेको समयमा एक यात्रुले गियर चलाएपछि बस दुर्घटना भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्