Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार कृष्ण सेन ‘इच्छुक’ को स्मृति दिवसमा खलंगामा प्रभात फेरी कार्यक्रम

tribeni2

रुकुम पश्चिम / खलंगामा कृष्ण सेन ‘इच्छुक’ को स्मृति दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम गरिएको छ । शुक्रबार बिहान प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको आयोजनामा क्रान्तिकारी पत्रकार तथा प्रगतिवादी साहित्यकार सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृति दिवसको अवसरमा खलंगामा प्रभात फेरी भएको हो ।


कालिका थान बाट सुरु भएको प्रभात फेरी तल्लो बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै पुनः कालिकास्थानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु धुव्रविक्रम बुढाथोकी, मेगराज खड्का, नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टरका केन्द्रिय सदस्य कोपिला विएम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य अमरराज पुन लगायत जिल्लास्थित क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिमका अध्यक्ष हरि गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्