Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
लगानी सम्मेलन

आजदेखी लगानी सम्मेलन सुरु हुँदै: विदेशी प्रतिनिधी काठमाडौँमा

काठमाडौं १५ चैत ।
tribeni2

काठमाडौंमा आजदेखी लगानी सम्मेलन हुँदैछ । आज र भोली हुने सम्मलेनका लागि विदेशी पाहुना तथा सहभागी काठमाडौं आईपुगेका छन् । सम्मेलनलाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सय भन्दा बढी लगानीकर्ताले सहभागीता जनाउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सम्मेलनमा ६ सय कै हाराहारीमा नेपाली लगानीकर्ता पनि सहभागी हुने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

सम्मेलनका लागि सातै प्रदेशका मुख्यमन्त्री काठमाडौँ आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने  कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ । 

बिहान ९ बजे लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नेछन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सफल बनाउन सम्मेलन महत्वपूर्ण अवसर भएको सरकारले स्पष्ट पारेको छ । 

सम्मेलनमा  ६४ करोडदेखि  तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत हुनेछन्।  मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ ।

त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  ०७:०३
प्रतिक्रिया दिनुहोस्