Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मूल्यबृद्धि फिर्ताको माग गर्दै राप्रपा रुकुम पूर्वले बुझायो ज्ञापनपत्र

२०७९ जेठ १३
tribeni2

रुकुम पूर्व / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले दैनिक उपभोग्य वस्तुमा भएको मूल्यबृद्धिको बिरोध गरेको छ ।

शुक्रबार राप्रपा रुकुम पूर्वले प्रमुख जिल्ला अधिकारी समक्ष दैनिक उपभोग्य वस्तुमा भएको मूल्यबृद्धि फिर्ताका लागि ज्ञापनपत्र समेत पेश गरेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको हो । पार्टीका जिल्ला सचिव अमरबहादुर शाही र सहसचिव ऋषिकेश शाहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मूल्यबृद्धि फिर्ता गराउन तत्काल पहलका माग गरिएको छ ।

पेट्रोलियम पदार्थसँगै दैनिक उपभोग्य वस्तुहरुमा अत्याधिक मूल्यबृद्धि भएको भन्दै राप्रपा रुकुम पूर्वले बिरोध जनाएको हो ।

पार्टीका जिल्ला प्रतिनिधिहरुले मूल्यबृद्धि फिर्ता गराउन दवावस्वरुप प्रजिअ मार्फत सरकारको ध्यानाकर्षन गराएको केन्द्रीय सदस्य केशव चन्द्र समाल (मदन शाह) ले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्