Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटनामा परेको जहाजमा सवार २२ जनाको अवस्था अज्ञात, को-पाईलटमा रुकुमका उत्सव पोखरेल

२०७९ वैशाख १५
tribeni2


पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान म्याग्दीको लेतेमा दुर्घटना भएको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना सवार रहेको बताइएको छ ।

उक्त विमान लेतेमा दुर्घटना भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले जनाउनुभएको छ ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

उक्त जहाजको क्याप्टेन प्रभाकर घिमिरे, को-पाईलट रुकुम पश्चिमको चौरजहारी निवासी उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेको जनाईएको छ ।

आज आइतबार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको थियो । जहाजमा सवार २२ जनकै अवस्था अज्ञात रहेको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्