Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मैकाेटमा यार्साको सुरक्षामा खटिएका प्रहरी बिरामी, हेलिकप्टरमार्फत उद्धार

उच्च हिमाली भागमा अक्सिजन अभावको कारण 'लेक लाग्ने' समस्या
२०७९ जेठ १५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएका छन् ।

इलाका प्रहरी कार्यालय मैकोट रुकुम पूर्वमा कार्यरत प्रहरी नायब निरिक्षक कृष्णबहादुर खड्का बिरामी हुँदा शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश डाँगीले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १ मैकोटमा यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरिक्षक खड्कालाई स्वासप्रश्वासमा समस्या भएको बताउनुभयाे ।

शनिबार उहाँलाई हेलिकप्टरबाट सुर्खेत लगिएको हो । सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको र निमोनियाको समस्या देखापरेको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

उच्च हिमाली भागमा अक्सिजन अभावको कारण 'लेक लाग्ने' समस्या हुने गर्दछ । मैकोटको पाटन, पुपालमा यार्साको सुरक्षामा खटिएका बेला खड्कालाई श्वास प्रश्वासमा समस्या देखिएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्