Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ज्ञानदिपमा आउनेलाई स्वागत

२०७९ वैशाख १५
tribeni2

रोशन क्षेत्री 

दाङ / तुल्सिपुर उप महानगरपालिका ६ मा अवस्थित ज्ञानदिप कलेजमा स्नातक प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । एक कार्यक्रमका बिच प्रथम वर्षका विद्यार्थीहरुलााई स्वागत गरिएको हो ।

स्नातक दोस्रो वर्षमा अध्ययनरत व्यवस्थापन तथा विज्ञान संकायका विद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेका थिए । दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी यमुना शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ज्ञानदिप कलेजका प्रमुख प्रमुख सुरेन्द्र जि सिको प्रमुख आतिथ्यता रहेको थियो भने सहायक प्रमुख मनोज के सिको विशेष आतिथ्यता रहेको थियो ।

साथै कार्यक्रममा कलेजका कोर्डिनेटर शरद गौतम, शिक्षकहरु बिमल शर्मा , सन्जय जि सि , रबि चापागाइ , प्रकाश शर्मा लगाएतको आतिथ्यता रहेको थियो ।

यस्तै विद्यार्थी रबिन खड्काको स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमकोे सन्चालन रमित ओली र इशा ओलीले गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्