Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सिर्जन साहित्य प्रतिष्ठान

सिर्जन साहित्य प्रतिष्ठान गैंडाकोट नवलपुरको अध्यक्षमा अधिकारी

नवलपुर १५ चैत ।
tribeni2

नवलपुरको गैँडाकोटमा सिर्जन साहित्य प्रतिष्ठानको सोह्रौ बार्षिक उत्सव, चौधौ साधारण सभा एवं तेश्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले सुजन अधिकारी को अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ।

प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मी सागर चापागाई, सचिवमा भानुभक्त सापकोटा, कोषाध्यक्षमा भुमिश्वर सापकोटा, सदस्यमा शुशिल आदर्श, सरु चापागाई, राजेन्द्र पौडेल, तेजेन्द्र रानामगर, प्रदिप खनाल, बन्दना शर्मा निर्विरोध चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष अधिकारीले प्रतिष्ठानको गरिमा कायम राख्न आफु नेतृत्वको समुह सक्रिय रहने बताए । उनले निर्विरोध निर्वाचित गरेकोमा धन्यवाद  दिए । 

साहित्यीक गतिबिधिलाई निरन्तरता दिदै गैडाकोट क्षेत्र लगायत छिमेकी नगरपालीकाहरु का साहित्यानुरागी संग हातेमालो गर्दै नयाँ कामको थालनि गरिने उनले बताए ।

कार्यक्रममा बधाइ दिदै निवर्तमान अध्यक्ष सुर्य प्रकाश भुसालले नयाँ कार्य समितिले अझै प्रगति गर्ने र आफ्नो साथ सधै रहने बताए । अधिवेसनपछि बसेको पहिलो बैठकले सल्लाहकारमा कविवर गोविन्दराज विनोदी, लेखराम सापकोटा र सुर्य प्रकाश भुसाल लाई चयन गरेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०७५  ०७:०३
प्रतिक्रिया दिनुहोस्