Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्ता छन् सानीभेरी गाउँपालिकाकाे पहिलो बैठकका निर्णयहरु

विभिन्न विषयगत समितिहरु गठन
२०७९ वैशाख १५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पहिलो बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । आज आइतबार गाउँ कार्यपालिकाले पहिलो बैठकका विभिन्न निर्णय गरेको हो ।

जसमा लक्षित समुदाय, गरिव, दलित र अल्पसंख्यक समुदायका विद्यार्थीहरु छनौट गरी छात्रबृत्ती प्रदान गर्ने, सहकारी मार्फत प्रत्येक वडामा सुपथ मूल्यको पसल संचालन गर्ने, २ वर्ष भित्र पालिकाभरी खरका छानामुक्त घरहरु बनाउने र लक्षित समुदाय, गरीब अति विपन्न व्यक्तिहरुलाई स्वास्थ्य बीमा प्रदान गर्ने निर्णयहरु गरेका छन् ।

त्यस्तै आकस्मिक दुर्घटनामा परेका, सुत्केरी महिला तथा गरिवीको रेखामुनी परेका बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र विवाह नगरी ४० वर्ष उमेर काटेका महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय अनुमोदन गरेको छ ।

कार्यपालिकाको बैठकले विभिन्न विषयगत समितिहरु पनि गठन गरेको छ । जसअन्तर्गत लेखा समिति संयोजकमा टेक बहादुर पुन, विधायन समिति संयोजकमा कुल बहादुर बुढा, सुशासन समिति संयोजकमा जगदिश नकाल, आर्थिक विकास समिति संयोजकमा भूपाल सिं ओली, सामाजिक विकास समिति संयोजकमा शेरबहादुर खड्का र पूर्वाधार विकास समिति संयोजकमा सेते कामी रहनुभएको छ ।

त्यस्तै वातावरण तथा विपद व्यवस्थापन समिति संयोजकमा पहल सिं घर्ती, संस्थागत विकास तथा सुशासन समिति संयोजकमा टिकाराम खड्का, राजस्व परामर्श समिति संयोजकमा कमला रोका पुन, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति संयोजकमा बिर्खबहादुर विष्ट, बजेट तथा कार्यक्रम तर्जुमा समिति, न्यायिक तथा अनुगमन समिति संयोजकमा कमला रोका पुन र गाउँ कार्यपालिकाको प्रवक्तामा पहल सिं घर्तीमगर चयन हुनुभएको छ ।

गाउँपालिकाभित्रको शैक्षिक क्षेत्र सुधारका लागि भुपालसिं बिष्टको संयोजकत्वमा सुझाव संकलन कार्यदल गठन गरिएको पनि सानीभेरी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्