Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरी गाउँपालिका अध्यक्षको सम्पत्ति विवरण सार्वजनिक

२०७९ जेठ १५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर बिष्टले आफ्नो सम्पति सार्वजनिक गर्नुभएको छ । आईतबार जिल्लास्थित पत्रकार र सानीभेरी गाउँ कार्यपालिकाका सदस्यहरुका बीच उहाँले सम्पती सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफ्नो नाममा सानिभेरी गाउँपालिका ३ मा १५५ वर्गमिटरमा रहेको १ वटा कच्ची घर रहेको र सोहि गाउँमा ३७५ वर्गमिटर पाखो जग्गा रहेको बताउनुभएको छ । त्यसैगरी अध्यक्ष बिष्टले सानीभेरी बचत सहकारी संस्थामा १५ हजार र सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थामा २० हजार शेयर लगानी रहेको समेत बताउनु भएको छ ।

श्रीमतिको नाममा स्थानीय पेदी बजारमा १० लाख ५० हजारको पसल सञ्चालन गरेको र श्रीमतीसँग एक तोला बराबरको सुनका गहना रहेको उहाँले सार्वजनिक गर्नुभएको छ । त्यसैगरी अध्यक्ष बिष्टले आफ्नो, श्रीमतीको र छोराछोरीको गरेर ४ वटा स्मार्ट मोबाईल फोन रहेको विवरण सार्वजनिक गर्नुभएको छ ।

उहाँले सनराइज बैंकबाट १० लाख ऋण लिएकोमा ७ लाख तिर्न बाँकि रहेको जनाउनुभएको छ । त्यस्तै सानीभेरी ऋण तथा बचन सहकारीमा एक लाख ५० हजार ऋण रहेको अध्यक्ष विष्टले सार्वजनिक गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्