Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

'जे नहोस् भन्ने कामना गरिएको थियो, त्यही भयो'
tribeni2

हिजो आईतबार बिहानदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।

स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ता सिलवालले जानकारी दिनुभयो । सेनाको टोली त्यहाँसम्म पुग्ने प्रयासमा रहेको छ । प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो ।

सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्