Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घटनास्थलबाट शेरचन भन्छन्– 'जहाज क्षतविक्षत छ, शव चिनिदैन, कसैको टाउको छैन..., अवस्था भयावह छ'

tribeni2

आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसेरे भीरमा फेला परेको छ ।

 स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताइएकाे छ ।

शेरचनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले  भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’ उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए । - राताेपाटीबाट

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्