Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
को-पाइलट उत्सव पोखरेल

रुकुमबाट उदाएका उत्सव अस्ताए मुस्ताङमा

उत्सवले उड्नुअघि भनेका थिए, ‘बुवा म अर्को उडानको तयारीमा छु, पोखराबाट जोमसोम ।’ बुवाले भन्नुभयो ‘शुभयात्रा बाबु’
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ लापुलेगाउँ निवासी उत्सव पोखरेल को-पाइलटको रुपमा रहेर उडाएको तारा एयरको विमान आईतबार पोखराबाट जोमसोमका लागि ९:५५ मा उड्यो । साथमा थिए, सिनियर पाइलट प्रभाकर घिमिरे ।

उड्नुअघि जाजरकोटमा नलगाड नगरपालिकाको शिक्षा शाखाका कार्यरत बुवा मणिराम पोखरेलसँगको मोबाइल कुराकानीमा भनेका थिए, ‘बुवा म अर्को उडानको तयारीमा छु, पोखराबाट जोमसोम ।’ बुवाले भन्नुभयो ‘शुभयात्रा बाबु ।’ जाजरकोट सदरमुकामबाट कार्यक्षेत्र नलगाड नगरपालिकाको दल्ली नपुग्दै खबर सुनियो, तारा एयरको विमान सम्पर्कविहिन भएको ।

सोहि विमान आज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २ सानोसेरेमा दुर्घटनाग्रष्त अवस्थामा फेला परेको छ । पूर्णरुपमा क्षतिग्रष्त उक्त विमानमा चालक दलका तीन सदस्य, चार भारतीय, दुई जर्मन र १३ जना नेपाली नागरिक सहित २२ जना सवार थिए ।

उमेरले भर्खर २५ टेकेका थिए उत्सव पोखरेलले । ३० अप्रिल २०२१ देखि तारा एयरको जहाजमा उडान थालेका उत्सव जन्मस्थान चौरजहारीका एकमात्र पाइलट थिए । फिलिपिन्सको रोयल फ्याई एकेडेमिबाट ग्राजुएट गरेर एक बर्ष अघि मात्रै नेपाल आएका उत्सव कान्छा छोरा हुन् ।

भाई पाइलट बनेपछि उनका दाजु उमेश पोखरेल पनि पाइलटको बन्ने सपनामा फिलिपिन्समा पढिरहेका छन् । दुई दाजुभाई मात्र हुन् उनका । उत्सवका बुवा मणिराम जाजरकोट र आमा उषा दाङमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । उत्सव आफ्नो परिवार मात्र नभएर रुकुमका उदाहरणीय युवामा गनिन्थे । उत्सव चौरजहारी क्षेत्रका पहिलो पाइलट थिए ।

फिलिपिन्सबाट अध्ययन सक्काएर नेपाल आए लगत्तै तारा एयरमा काम गर्न थालेका उनले काम गरेको एक बर्ष एक महिना पुग्दा दुर्घटनामा परे । उनीसहित सो विमानमा रहेका २२ जनाले मुस्ताङको मानापाथी हिमालको फेदीमा ज्यान गुमाएका छन् । यो दुर्घटनाको दुखद खबरले सिंगो मुलकसँगै उत्सवको गृह जिल्लावासीले ठुलो पीडाको अनुभुति गरिरहेका छन् ।

अहिले घटनास्थलमा स्थानीय सामाजिक अभियान्ता इन्द्रसिंह शेरचन सहितको टोली पुगेको बताइएको छ । शेरचनले कोहि पनि जिवित नरहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्