Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आर्मी क्याम्पका विरुद्ध नागरिहरुको विरोध

tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा आर्मी क्याम्पका विरुद्ध नागरिहरुले विरोध जनाएका छन । जिल्लाको पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर ६ वयलचौरमा जनचाहना विपरित ढोरपाटन शिकार आरक्षमा आर्मी क्याम्प राख्न लागेको भन्दै नागरिकहरुले विरोध जनाएका हुन ।

वडा सामुदायिक वन सरोकार समिति र ६ नम्बर वडाका बहुमत जनताले वयलचौरमा राख्न लागिएको आर्मी क्याम्पको विरोध गरेका हुन । उनिहरुले पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरेको पनि बताएका छन ।

सामुदायिक वन सरोकार समिति रुकुम पूर्वले एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको छ । 
आन्दोलनकारीका प्रतिनिधि र सम्बन्धित निकाय तथा व्यक्तिबिचमा जेठ १४ गते तकसेरामा दोहोरो छलफल भएपनि विषयवस्तुमा कुनै सहमति हुन नसेको कर्मप्रशाद शाही र सचिव हिकमत सेनद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आन्दोलनकारीहरुले आफ्नो हक अधिकारको लागि कानुनी परिधि भित्र रहि शान्तिपूर्ण आन्दोलन जारी राख्दा आन्दोलनमाथी जवरजस्ति हस्तक्षेप गरि मानवीय क्षती भएमा वा मानव अधिकारको उल्लघंन गर्ने कार्य भएमा सम्बन्धित निकाय वा व्यक्ति नै जवाफदेहि हुने कुरा पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्