Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी सहित दश नयाँ सहर विकास गरिने

tribeni2

रुकुम पश्चिम / निर्माणाधीन पुष्पलाल मध्य–पहाडी राजमार्गमा पर्ने गरि चौरजहारी सहित दस नयाँ सहरको विकास गरिने भएको छ । त्यसको लागी आगामी आर्थिक वर्षमा तिन अर्व दस करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को अनुमानित आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।

नयाँ सहर कार्यक्रमअन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर , सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार , बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनमा नयाँ सहर निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।

त्यसै गरी अर्थमन्त्री शर्माले सहरको सुन्दरतालाई बिगार्र्ने गरी प्रयोग भएको तारखम्बाको व्यवस्थापन गर्न तथा सहरी पूर्वाधार निर्माणका क्रममा खन्ने , बन्ने र पुनः खन्ने प्रवृत्तिको अन्त्य गर्न सहरी क्षेत्रमा युटिलिटी कोरिडोरको निर्माण गरिने बजेटमा उल्लेख गरिएको जानकारी दिनुभयो

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्