Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिनको खर्चले सामाजिक कार्यमा लगानी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक जनप्रतिनिधिले आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्यमा लगानी गर्नुभएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका ५ का वडा अध्यक्ष समिरजङ मल्लले आफ्नो ४६ औं जन्मदिनको अवसरमा फजुल खर्च नगरी सामाजिक कार्यमा अग्रता देखाउनुभएको हो ।

उहाँले सोमबार जन्मदिनको अवसर पारेर जिल्लामा रहेको राप्ति साहित्य परिषदलाई सस्थागंत विकासको लागि पाँच हजार पाँच रुपैया हस्तन्तरण गर्नुभएको छ । उहाँले सर्जक र सिर्जनाको सम्मानका साथै साहित्यको प्रवद्र्धनका लागि उक्त सहयोग गरेको बताउनुभयो ।

त्यसैगरी वडा अध्यक्ष मल्लले आठबिसकोट नगरपालिकामा अनाथ तथा गरिब बिद्यार्थीहरुको लागि पनि आर्थिक सहयोग गर्नुभएको छ । अनाथ, जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएर पढाईबाट बञ्चित हुन पुगेका बालबालिकाको सहयोगको लागि सञ्चालन गरेको अभियानमा उहाँले चार हजार ६ सय रकम दिनुभएको छ । मल्लले बालबालिकाहरुको पठनपाठन तथा पालनपोषणमा केहि सहयोग होस भन्ने उद्देश्यले आफुले उक्त रकम सहयोग गरेको बताउनुभयो ।

जन्मदिनमा फजुल खर्च गर्ने र भड्किलो तरिकाले मनाउनु भन्दा सामाजिक र मानवीय कार्य गरेर मनाउने सोचका साथ आफुले यस खालको कार्यको सुरुवात गरेको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्