Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

संघीय सरकारबाट रुकुम पूर्वमा एक अर्ब नौ करोड बजेट आउने

सबैभन्दा बढी सिस्ने गाउँपालिकामा
२०७९ जेठ १६
tribeni2

रुकुम पूर्व / आगामी आर्थिक वर्ष २०७९/८० को लागि रुकुम पूर्वमा संघीय सरकारबाट एक अर्ब नौ करोड एक लाख बजेट आउने भएको छ ।

सबैभन्दा बढी सिस्ने गाउँपालिकामा ३९ करोड ११ लाख बजेट आउने भएको हो । यस गाउँपालिकामा समानीकरण अनुदानतर्फ १२ करोड २४ लाख, सशर्त अनुदानतर्फ २२ करोड ९७ लाख, विशेष अनुदानतर्फ एक करोड ७० लाख र समपुरक अनुदानतर्फ २ करोड २० लाख रकम आउने भएको सिस्ने गाउँपलिकाका उपाध्यक्ष गोपाल रेउलेले जानकारी दिनुभएको छ ।

यसैगरी भूमे गाउँपालिकामा जम्मा ३४ करोड ४७ लाख बजेट आउने भएको छ । यस गाउँपालिकामा समानिकरण अनुदानतर्फ १२ करोड २८ लाख, सशर्त अनुदानतर्फ २० करोड ६९ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ ५० लाख बजेट आउने भएको हो ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा ३५ करोड ४३ लाख बजेट आउने भएको छ । यस गाउँपलिकामा समानिकरण अनुदानतर्फ ११ करोड ५५ लाख, सशर्त अनुदानतर्फ २२ करोड ८ लाख, विशेष अनुदानतर्फ एक करोड ८० लाख र समपुरक अनुदानतर्फ भने शुन्य रहेको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्