Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रोजगारीको लागि भारत गएका रुकुमेलीको शव भेटियो

२०७९ जेठ १७
tribeni2

रुकुम पश्चिम / रोजगारीको लागि भारत गएका रुकुम पश्चिमका एक युवाको शव भेटिएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १२ कोर्ताका २६ वर्षिय मानसिंह खड्का भारतको सिम्ला स्थित सइज भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

खड्का आईतबारदेखि आफु बस्ने कोठामा नआएपछि खोजि कार्य थालिएको र सोमबार नदिमा किनारमा मृत अवस्थामा फेला परेका थिए ।

खड्काका आफन्तका अनुसार खड्काको शरिरमा कपडा नभएको, मुख, हात, खुट्टामा गहिरो चोट लागेको देखिएको छ । कसैले हत्या गरेको हुनसक्ने आशंका परिवारजन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्