Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भाग्लेको एक घरमा आगलागी, तीन लाख बराबरको क्षति

tribeni2

रुकुम पश्चिम / मंगलबार दिउँसो रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्लेको एक घरमा आगलागी भएको छ । आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नस्ट भएको छ । 

स्थानीय मैमी गाईनको घरमा आगलागी भएको प्रहरी जनाएको छ । घर जल्दा नगद अन्नपात, लत्ताकपडा, भाडाकुडा सहित करिब तीन लाख बराबरको सामान क्षति भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जानकारी दिएको छ ।

मंगलबार दिउँसो घरमा एक्कासी आगो लागेको जनाईएको छ । घरमा आगो कस्ले, किन, कसरी लगायो भन्नेबारेमा केहि खुल्न सकेको छैन । अहिले मैमिको परिवार खुल्ला आकाशमुनि बस्न बाध्य भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्