Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्वाचनमा भएको खर्च बुझाउन आग्रह

२०७९ जेठ १८
tribeni2

रुकुम पूर्व / जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले वैशाख ३० मा भएको स्थानीय निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन खर्च बुझाउन आग्रह गरेको छ ।

निर्वाचन सम्पन्न भइसकेको अवस्थामा जिल्लाको तीन वटै पालिकाको विभिन्न तहमा भाग लिएकाहरुलाई जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले आज बुधबार एक सुचना जारी गर्दै निर्वाचन खर्च बुझाउन आग्रह गरेको हो ।

निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिन भित्रमा निर्वाचनमा भाग लिएका सबैले अनिवार्य रुपमा निर्वाचनको खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ । जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जिल्लामा जेठ ४ गते निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भइसकेको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी ओलीले छिटो भन्दा छिटो स्थानीय निर्वाचनका प्रत्येक उम्मेदवार वा निजका प्रतिनिधिले निर्वाचन अवधिमा भएको सम्पूर्ण खर्चको विवरण स्थानीय तह निर्वाचन नियमावली २०७३ को अनुसूचि ३० बमोजिमको ढाँचामा जिल्ला निर्वाचन कार्यालयमा बुझाउन आग्रह गर्नुभएको छ ।

कोहि उम्मेदवारले तोकिएको अवधिभित्र निर्वाचन खर्च विवरण नबुझाएमा कानुनबमोजिम भई जाने जानकारी पनि जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जानकारी गराएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्