Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

को-पाइलट उत्सवको पशुपतिमा अन्तेष्टि

tribeni2

रुकुम पश्चिम / गत आईतबार मुस्ताङको थासाङ गाउँपालिका २ सानोसेरेमा भएको दुर्घटनामा ज्यान गुमाउनुभएका तारा एयरका को-पाईलट उत्सव पोखरेलको आज पशुपतिमा अन्तेष्टि गरिएको छ ।

रुकुम पश्चिम चौरजहारी ३ निवासी पोखरेलको आज पशुपति आर्यघाटमा सामाजिक परम्परा अनुसार अन्तेष्टि गरिएको हो ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान आइतवार दुर्घटना हुँदा उत्सव सहित २२ जनाको ज्यान गएको  थियो । आज मात्र मृतकका परिवारलाई सरकारले शव बुझएको हो ।

उत्सव पोखरेल एक बर्ष एक महिना अघिदेखि तारा एयरको-को पाईलटको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

तस्बिर: मदन कुमार गौतम

तस्बिरहरु : मदन कुमार गौतम

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्