Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शैक्षिक गुणस्तर सुधारका लागि सानीभेरीमा सुझाव संकलन

२०७९ जेठ २०
tribeni2
रुकुम पश्चिम / सानीभेरी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सुझाव संकलन कार्यको थालनि गरेको छ ।
 
स्थानीय निर्वाचन पछि सानीभेरी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रलाई नै पहिलो प्राथमितामा राखि शैक्षिक गुणस्तर सुधारका कार्यहरु संचालन गर्ने बताएका थिए ।
 
स्थानीय तहको दोस्रो निर्वाचन पछि जेठ १५ गते बसेको कार्यपालिकाको पहिलो बैठकले शैक्षिक सुधारका लागि सुझाव संकलन कार्यदल गठन गरेको थियो ।कार्यदलले सानिभेरी गाउँपालिकामा संचालनमा रहेका ४५ वटा बिद्यालयहमा अनुगमन तथा सुझाव संकलन कार्यको शुरुवात गरेको छ ।
 
विहिबार सानिभेरी गाउँपालिका शिक्षा शाखामा बसेको कार्यदलको बैठकले अनुगमन तथा तथा सुझाव संकलन कार्य शुरु गर्ने निर्णय गरेको थियो ।
 
बैठक पश्चात सोहि दिन सानीभेरी ३ का चौखे र ज्यामिरे गरी २ विद्यालयमा पुगि बिद्यालयको अनुगमन तथा सुझाब संकलन  गरिएको कार्यदलका संयोजक समेत रहनुभएका शाखा अधिकृत भूपालसिं विष्टले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिका भित्र रहेका ४५ वटै विद्यालयमा पुगेर अनुगमन तथा सुझाब संकलन गरिने समेत बिष्टले बताउनुभयो । 
 
पालिकाका सबै विद्यालयमा पुगेर सुझाब संकलन गरे पश्चात जेठ २९ गते सानीभेरी गाउँपालिकामा सरोकारवालाहरु संग वृहत शैक्षिक सुधार अन्तरक्रिया हुने छ । कार्यदलले अन्तर्क्रियाबाट आएका सुझावहरु समेतलाई समेटि कार्यपालिका समक्ष शैक्षिक सुधारक प्रदिवेदन पेश गर्ने तयारी समेत भएको संयोजक विष्टले बताउनु भयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्