Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जब वडाध्यक्षकै पेट्रोलपम्पमा मिसावट पाईयो ...

डडेल्धुरा १६ चैत ।
tribeni2

डडेल्धुराको अमरगढी नगरपालिकाका एक वडाध्यक्षको पेट्रोलपम्पमा मिसावट गरि विक्रि गरेको पाईएपछि स्थानीय सेवाग्राहीले क्षती पुर्तीको माग राखेका छन् ।

वडा नं ८ का वडाध्यक्ष नरबहादुर साँकीको पेट्रोलपम्पमा पेट्रोल भरेका हर्कबहादुर बोहोराको मोटरसाईकल केही मिनेटमै बन्द भएपछि पेट्रोलमा मिसावट भएको खुलासा भएको हो ।

बोहोराको मोटरसाईकलमा मिसावटको पेट्रोल परेको थाहा पाएपछि सो पेट्रोलपम्पबाट तेल भरेका स्थानीयले ठगी गरेको भन्दै वडाध्यक्षविरुद्ध आन्दोलन गरेका छन् ।

वडाध्यक्षको पेट्रोलपम्पले कालोबजारी गरेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीसमक्ष कारबाहीको माग राखेका छन् ।

 

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १०:०३
प्रतिक्रिया दिनुहोस्