Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'नेपालआज डटकम'लाई प्रेस काउन्सिलले गर्यो कारबाही

tribeni2

काठमाडौ / प्रेस काउन्सिल नेपालले 'नेपालआज डटकम' अनलाइन सञ्चार माध्यमलाई सूचिकरणबाट हटाउने निर्णय गरेको छ । 'नेपालआज डटकम' ले विभिन्न विषयमा पटकपटक सन्दिग्ध समाचार तथा समाचार सामग्री सम्प्रेषण गरेको भन्दै जेठ २० गते बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमिति बैठकले सूचिकरणबाट हटाउने निर्णय गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

उक्त अनलाईन संचार माध्यामले विगत २ वर्षदेखि पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको र बिनाआधार चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको भनी मौखिक एवम् लिखित गुनासाहरू आएको बिज्ञप्तिमा बताईएको छ ।

प्राप्त उजुरी तथा गुनासाहरूका आधारमा अनुगमन गरि आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिंदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि काउन्सिललाई अवज्ञा गर्दै आएकोले सूचिकरणबाट हटाउने निर्णय गरिएको प्रेस काउन्सिलले बताएको छ ।

पत्रकार आचारसंहिता-२०७३ (पहिलो संशोधन, २०७६) को दफा ७(१)(ग) बमोजिम सूचीकरणबाट हटाउने र नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध संघसंस्थासँग थप छलफल गरी थप कारबाही गर्ने गरी 'नेपालआज डटकम'लाई सूचीकरणबाट हटाइ थप कारबाही अगाडि बढाइएको ब्यहोरा काउन्सिलका उप-प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित बिज्ञप्तिमार्फत जानकारी गराईएको छ । 

         

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्